Aamsanchar

कांग्रेस नेता डा.शेखर कोइरालालाई १५ किलोको माला

Author Image
शुक्रवार, पौष ५, २०८१

धनगढी – सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ। नेता कोइरालालाई आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामनास्वरुप १५ किलोको माला लगाइएको हो।

नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित पुगेका डडेल्धुराका नेता युवराज पाण्डेसहितका टोलीले १५ किलोको माला लगाएको हो। १५औँ महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारासमेत लगाएका थिए।

स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ´भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, १५औँ महाधिवेशनमा शेखर कोइराला ल्या भन्छु जस्ता चर्का नारा कोइरालाको पक्षमा लगाएका थिए। साथै स्वागतका लागि थारु संस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो। स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ। एक स्थानीय कार्यकर्ताका अनुसार यसपटक पार्टी सभापति देउवा आउँदा भन्दा पनि नेता कोइरालाको स्वागतमा बढी नेता कार्यकर्ता सहभागी थिए।

पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्तामा निकै खुशी छाएको दावी शेखरनिकट बझाङका नेता महेशबहादुर मल्ल दाबी गर्छन्।

१५औँ महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय बनेका नेता कोइराला शुक्रवारदेखि सुदूरपश्चिम केन्द्रित बनेका छन्। उनले दिउँसो धनगढीमै ९ जिल्लाका पार्टी कार्यकर्तालाई भेटेको उनका‍े सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)