Aamsanchar

कैलालीमा २८ वर्षीया हसिनामाथि बोक्सी आरोपमा कुटपिट, कारबाही गर्न माग

Author Image
बुधवार, पौष १०, २०८१

काठमाण्डौ – कैलालीको भजनी नगरपालिकाकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट भएको घटनामा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालका अनुसार भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा यही पुस १ र ४ गते निर्घात कुटपिट भएको हो । यस्तो अमानवीय कार्यमा संलग्नलाई पक्राउ गरी कानूनअनुसार कारबाही गर्नरगराउन विभिन्न सङ्घ संस्थासहित महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले पनि अपिल गरेको छ ।

कुटपिटबाट घाइते हसिनाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । बोक्सीको आरोपमा आफूमाथि कुटपिट हुँदा अरु रमिते बनेका उहाँको गुनासो छ ।

दोस्रो पटकको कुटपिटपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाबुराम चौधरी, मनोज चौधरी, लाहानु चौधरी र रूपा चौधरीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटना जघन्य अपराध भएको र आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर