Aamsanchar

ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

Author Image
बुधवार, पौष १०, २०८१

ताप्लेजुङ – ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा गत वर्ष पक्की पुल सञ्चालनमा आएपछि यहाँको बेलिब्रिज फुङलिङ–ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी भएको हो । उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्रीय कार्यालयसँग अनुमति लिने काम भएको विष्टले बताए ।

यसै आर्थिक वर्षमा सक्ने गरी सुकेपानी र जोङगीनमा पुल बनाएपछि चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म बर्खामा पनि यातायात संचालन गर्न सकिने दाबी कार्यालयको छ । काबेलीको बेलिब्रिज २०५६ सालमा बनेको हो । तत्कालीन यातायात मन्त्री बलबहादुर राईले २०५३ सालमा शिलान्यास गरेको यो बेलिब्रिजको २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर