Aamsanchar

नौ करोड बराबरको क्रिसमस ट्रि लाइट नेपाल भित्रियो

Author Image
बुधवार, पौष १०, २०८१

काठमाडौँ –चालु आर्थिक वर्षको ५ महिनामा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ । चीनबाट ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट आयात भएको छ । यस्तै ३२ हजार रुपैयाँको २३९ थान कतारबाट , ११ हजार रुपैयाँको १२२ थान बहराइनबाट आयात भएको छ ।

यसैगरी हङकङ, साउदी अरेबिया ओमानलगायतका ७ मुलुकबाट १६ हजार रुपैयाँको ९५ थाल क्रिसमस ट्रि लाइट आयात भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)