वीरगन्ज – वीरगन्जमा भारतीय ट्रकको ठक्करबाट बाराको कलैयाका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार भारतीय ट्रकको ठक्करबाट ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राज मिश्रको मृत्यु भएको हो ।
मृतक बाराको सुवर्ण गाँउपालिका – २ का १६ वर्षीय युवक हुन्। प्रहरीका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर २४ ड्राइपोर्ट बहुवरी चोक नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि बुधबार बेलुकी पहिचान खुल्न नसकेको घाइते मोटरसाइकल चालक बाराकै कलैया उपमाहानगरपालिका-६ का २८ वर्षीय सन्दी पाण्डेको नारायणी अस्पतालमा उपचार गरिएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रकको पहिचान यकिन नभएकाले शंकाका आधारमा तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता लम्सालले जानकारी दिए। स्थानीय प्रत्यक्षदर्शीले भने घटनास्थल नजिकै रहेका प्रहरीको लापरवाहीका कारण ठक्कर दिने ट्रक भाग्न सफल भएको आरोप लगाएका छन् ।