Aamsanchar

आजदेखि विराटनगरमा कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन

Author Image
शनिवार, पौष १३, २०८१

काठमाडौं – कानून व्यवसायी महिलाको ३१ औँ राष्ट्रिय सम्मेलन शनिबार विराटनगरमा शुरु हुँदैछ।

नेपाल बार एसोसियसन महिला समितिको आयोजनामा हुन लागेको सम्मेलन आइतबारसम्म चल्नेछ। सम्मेलनको सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले विहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको एसोसियसनकी महासचिव अन्जिता खनालले जानकारी दिइन्।

उनका अनुसार सम्मेलनमा देशभरबाट झण्डै एक हजार कानुन व्यवसायी सहभागी हुनेछन्। सम्मेलनका लागि ‘महिलाको समानुपातिक, समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता’ मूूल नारा तय गरिएको छ। सम्मेलनमा महिलाको समानुपातिक सहभागिता, अवसर र चुनौती, कानून व्यवसायी महिलाको पेशागत अवस्था, चुनौती र आर्थिक सबलीकरण, लैगिंक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, पुनःस्थापना, निःशुल्क कानूनी सेवाको विषयमा छलफल हुने एसोसियसनले जनाएको छ।

यसैगरी, न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौती, वातावरण परिवर्तनको प्रभावले महिलामा पार्ने असर, वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, प्रजनन स्वास्थ्य अधिकार र सूचना तथा प्रविधिमा महिलाको पहुँचका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर