Aamsanchar

हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात

Author Image
शनिवार, पौष १३, २०८१

हुम्ला – कर्णाली प्रदेशको हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ ।

हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयवासी गौगोरा बोहराले बताउनुभयो । यति बेला परेको हिउँले जेठासी बाली अर्थात् उवा, जौ, गहुँ राम्रो हुने भएकोले किसान खुशी भएका छन् ।

हिउँ हुम्लाका किसान लागि सिँचाइको मुख्य स्रोत हो । हिमपातले चिसो पनि बढेको छ । हुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस छ । चिसोका कारण स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर