Aamsanchar

मासिक ९० हजार कमाउने घाेडा

Author Image
आइतवार, पौष १४, २०८१

नवलपुर- एउटा खाइलाग्दो घोडा बगैँचाको बिचमा अडिएको छ । वरिपरि मान्छे भीड लगाएका छन् । सबैले पालो कुरिरहेका छन् । घोडामाथि चढेर फोटो खिच्न सबैलाई हतारो छ ।

यो दृष्य हो नवलपुर, कावासोती–२ पोखरी तालको । पूर्व–पश्चिम राजमार्गबाट साढे पाँच किलोमिटरको दुरीमा रहेको यो पोखरी ताल पर्यटकीय क्षेत्रले परिचित छ । जहाँ वनभोज खान दैनिक हजारौं मान्छे पुग्ने गर्छन् । शानिबार र सार्वजनिक बिदाको दिन यहाँ थामी नसक्नु भीड हुन्छ ।

पुस १० गते क्रिस्मस डेको दिन यो ठाउँमा भीड थियो । झण्डै तीन हजार मानिस वनभोजका लागि पुगेको पोखरी ताल पर्यटनस्थल कार्यालयले जनाएको छ । त्यही भीडमा घोडा उभ्याएर विनयी त्रिवेणी दुम्किबासका सुशील शर्माले राम्रो कमाइ गरिरहनु भएको छ ।

शर्माले यो पेसा अङ्गालेको एक वर्ष भयो । घोडाचढी फोटो खिचाएको ५० रुपियाँ र वरिपरि डुलाएको एकसय रुपियाँ शुल्क लिने गरेको उहाँले बताउनुभयो । ‘‘पर्यटकीय मौसममा राम्रै कमाइ हुन्छ । महिनाको ८०–९० हजार कमाउन गाह्रो हुँदैन । घोडा र दुई चार जनाको परिवार सजिलै पालिन्छ’’ शर्माले भन्नुभयो ।

तर घोडा पाल्न भने सजिलो नरहेको उहाँको भनाइ छ । घोडाको दाना र चपट महंगो पर्ने भएकाले कमाएको जति सबै बचाउन नसकिने शर्माले सुनाउनुभयो । ‘‘एक वर्षअघि चार लाखमा किनेको घोडाले आफ्नो लगानी लगभग उठाइसकेको छ’’ उहाँले भन्नुभयो । घोडा चढेर तस्बिर खिचाउने, टिकटक बनाएर पर्यटकलाई खुसी भएको देख्दा आफू पनि खुसी हुने गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर