Aamsanchar

सिँचाइकाे समस्या भएपछि भोजपुरको सिक्रेटारमा ´एक टोल एक सिँचाइ पोखरी` अभियान

Author Image
आइतवार, पौष १४, २०८१

भोजपुर- सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिँचाइका लागि पानी अभाव भएपछि पानी सङ्कलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार भइरहेको छ ।”

पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ । पोखरीको लम्बाइ १५ मिटर, चौडाइ ८ मिटर र गहिराइ दुई दशमलव ३० मिटर तोकिएको छ ।

पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । अबको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ । स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूको व्यवस्था गरिएको बताउनुभयो ।

पानी सङ्कलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमा उत्साह देखिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर