Aamsanchar

ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिँदा दुईजनाको मृ*त्यु

Author Image
मङ्गलवार, पौष १६, २०८१

मलङ्गवा – सर्लाहीको बरहथवा स्थित नयाँरोड–मधुवनी सडकखण्डमा सोमबार राती ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर