Aamsanchar

आजदेखि यी मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने

Author Image
बुधवार, पौष १७, २०८१

काठमाडौं-  आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस(आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइडरआईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी ।

मोटोरोला : माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।

एचटीसी : वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।

एलजी : अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।

सोनी : एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । टाइम्स अफ इन्डियाबाट ।

 

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर