Aamsanchar

चकचक गरी विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई बुद्ध एयरले तिरायो जरिवाना

Author Image
शुक्रवार, पौष १९, २०८१

काठमाडौँ । बुद्ध एयरका दुई उडानका क्रममा यात्रुले चकचक गरी विमानको आपतकालीन ढोका खोलेपछि प्रत्येकलाई एक लाख रुपैयाँ जरिवाना तिराइएको छ।

जनवरी १ मा पोखराबाट काठमाडौँ जाँदै गरेको विमान र अक्टोबर १० मा काठमाडौँबाट जनकपुर जाँदै डाइभर्ट भएको विमानमा यी घटनाहरू भएका थिए।

जरिवाना रकम महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई सहयोगस्वरूप प्रदान गरिएको छ।

‘सिभिल एभिएसन ऐन, २०१५’ अनुसार यस्तो कार्यमा तीन वर्षसम्म कैद वा जन्मकैदसम्म सजाय हुन सक्छ। बुद्ध एयरले यात्रुहरूलाई यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर