Aamsanchar

बिहान मर्निङ वाक हिडेका वृद्धको गाडीको ठक्करबाट मृत्यु

Author Image
शुक्रवार, पौष १९, २०८१

सप्तरी – सप्तरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा–गाइघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीले दिएको ठक्करबाट सुरुङगा नगरपालिका ३ बस्ने ६० वर्षिय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान ४ बजे मर्निङ वाकमा निस्केको समयमा नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। ठक्कर दिने सवारीको पहिचान खुल्न नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

Views: 84

प्रतिक्रिया (०)