काठमाडौं – कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरी स्वदेश फर्किएका कीर्तिमानी पर्वतारोही शेर्पालाई शुक्रबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन् । स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महसुस भएको बताए ।
उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कार नेपालमा भित्र्याउन पाए थप खुसी महसुस हुने उल्लेख गरे । त्रिभुवन विमानस्थलमा स्वागत गरेर शेर्पालाई नगर परिक्रमा गराइएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 10