Aamsanchar

नौ जनालाई ट्राईचियर र चार जनालाई ट्राई साइकलसहितको साहायक सामग्री वितरण

Author Image
आइतवार, पौष २१, २०८१

इनरुवा-सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोगमा शारीरिक तथा खुट्टाले हिड्न समस्या भएका व्यक्तिलाई सो सामग्री वितरण गरेको हो ।

नौ जनालाई ट्राईचियर र चार जनालाई ट्राई साइकलसहितको साहायक सामग्री वितरण गरेको जनाएको छ । कतार च्यारीटीको सहयोग सामग्री हस्तान्तरण गरेको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसैनले जानकारी दिनुभयो ।

कोशी गाउँपालिका –३ स्थित सामाजिक जिवन केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कतार च्यारेटी नेपालको सहयोग एवम सामाजिक जिवन केन्द्र नेपालको सहकार्य तथा कोशी गाउँपालिकाको समन्वयमा चार जनालाई ट्राई साइकल र नौ जनालाई ह्विल चियर हस्तान्तरण गरिएको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हुसैनले जानकारी दिनुभयो ।

फरक क्षमता अर्थात अपाङ्गता भएका व्यक्तिलाई ट्राई साइकल र ह्विल चियर प्रमुख अथिति एवं कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण तथा वितरण कार्यक्रममा कोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, कोशी –३ का वडा अध्यक्ष सुलेमान अन्सुरी, समाजसेवी फरिद अन्सारी, दिनेश साह, पत्रकार जयकृष्ण यादव, मिकाइल आलमलगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर