Aamsanchar

माेरङ : राजमार्ग निर्माणका लागि बनेको प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर

Author Image
सोमवार, पौष २२, २०८१

मोरङ – एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

प्लान्टबाट निस्किएको धूलो, धूँवा, दूषित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको उनीहरूले बताएका छन् । स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर  कम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम गरिरहेको छ ।

आफूहरूसँगको सहकार्यविना र पथरी शनिश्चरे नगरपालिकालाई समेत जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण शुरू गरेको स्थानीयवासीको भनाइ छ ।

कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धूलो र धूँवा पसी बाली नष्ट भएको स्थानीयवासी भीम मगरले बताउनुभयो । प्लान्टबाट निस्किएको दूषित पानी र धूलो धूँवाका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन आधा घटेको उहाँको भनाइ छ ।

नगरपालिकाले पटक–पटक स्थानीयवासीको रायसहित प्लान्ट सञ्चालन गर्न मैखिक जानकारी गराए पनि कम्पनीले बेवास्ता गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर