काठमाडौँ – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषलाई पनि प्रतिवादी बनाइएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पुष्पराज पौडेल ‘पुरुष’सँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम ४० लाख ७ हजार ७२३ रुपैयाँ पौडेलका नाममा बिगो कायम गरिएको हो । प्रतिवादीहरू शिव प्रसाद पौडेल र वीर बहादुर रानाभाटसँग पनि सोही बिगो मागदाबी गरिएको छ ।
पुष्पराज पौडेल सुपर सिटी इन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका शेयरधनी हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 113