Aamsanchar

जंगलमा फलफुलका बिरुवा रोपेपछी गाउँमा बाँदरको उपद्रव घट्दै

Author Image
मङ्गलवार, पौष २३, २०८१

महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिका–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूल पाउन थालेपछि गाउँमा बाँदरको उपद्रव घटेको छ । चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वन क्षेत्रमा जामुना, फडिर, अमला, अम्बा र महुवालगायतका रुख रोपेपछि बाँदर गाउँ पस्न पातलिएको हो ।

पहिले दैनिक २०–२५ को सङ्ख्यामा बाँदरको हुल आउने गरेकामा आजभालि बस्ती पस्ने बाँदर पातलिन थालेका स्थानीयवासी उमा पोखरेलले बताउनुभयो । पहिले बाँदरको समूहले अन्नबाली, बोटबिरुवा, घरका सामान सबै खोसलेर केही बाँकी नराख्ने तर अहिले सामुदायिक वनमा रोपिएका बिरुवाले फल दिन थालेपछि बाँदर जङ्गलमा रमाउन थालेका पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर