Aamsanchar

कुकुर पाल्न अनिवार्य दर्ता र नवीकरण गर्नुपर्ने, नगरे कारबाहीको चेतावनी

Author Image
बिहिवार, पौष २५, २०८१

गुल्मी – रेसुङ्गा नगरपालिकाले कुकुर पालनमा कडाइ गरेको छ । नगरपालिकाले घरपालुवा कुकुर अनिवार्य दर्ता गर्न आह्वानसमेत गरेको छ ।

घरपालुवा तथा व्यावसायिक कुकुर पाल्ने नागरिकहरूसँग कुकुर व्यवस्थापनसम्बन्धी विषयमा छलफलपछि घरपालुवा तथा व्यवसायिक कुकुरको अनिवार्य दर्ता र नवीकरण गर्नेसम्बन्धी निर्णय भएको रेसुङ्गा नगरपालिकाका प्रवक्ता रामप्रसाद पन्थी रामजीले बताए । विशेष गरेर तम्घास बजार क्षेत्रमा घरपालुवा कुकुर पाल्नेहरुका लागि दर्ता शुल्क ३०० र नवीकरण शुल्क १०० निर्धारण गरिएको छ । दर्ता गरेका कुकुरलाई नगरपालिकाले रेबिज खोप तथा आन्तरिकरपरजीबीविरुद्धका औषधि उपलब्ध गराउने पन्थीले बताए ।

पशु प्राविधिकद्वारा निस्शुल्क परामर्श तथा स्वास्थ्य परीक्षण, दर्ता गरेका कुकुरहरूको परिचय नम्बरसहितको अनिवार्य बेल्ट राख्ने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले बताइन् । कुकुर दर्ता गर्न अटेरी गर्ने, जथाभावी कुकुर छोड्ने, फोहोर गर्ने वा छिमेकीलाई असर पुर्‍याउने गतिविधि गरेमा पहिलोपटक चेतावनीका साथै जरिवानासमेत गरिने नगरपालिकाले जनाएको छ ।दोस्रोपटक जरिवानासँगै नगरपालिकामा उपस्थित, तेस्रोपटक कानूनी कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

कुनै पनि व्यक्ती वा संस्थाको नियन्त्रणमा नरहेका छाडा कुकुरहरुलाई नगरपालिकाले व्यवस्थापन गर्ने प्रवक्त पन्थीले बताए । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भुस्याह कुकुरले अतंक रहेको छ । तम्घास बजारका सडक, चोक र गल्लीहरुमा भुस्याहा कुकुरको बिगबिगी छ । नागरिकबाट घर पालुवा तथा छाडा कुकुरको व्यवस्थापन बारेमा तीव्र गुनासो आएकाले व्यवस्थापना गर्न छलफल पश्चात थप निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ बाबुराम पल्लीले बताए ।

बजारका मुख्य बजारसहित गल्ली गल्लीमा राति कुकुरका कारण हिंड्नै समस्या हुने गरेको स्थानीयहरुले गुनासो गर्छन् । सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कंने क्रम बढ्दो छ । नगर क्षेत्रका खालि जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौं कुकुरको ताँती नै लाग्छ । बेवारिसे कुकुरबाट राति हिंड्ने पैदलयात्री तथा मोटरसाइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् । त्यसको नियन्त्रण र नियमन गर्न नगरपालिकाले चासो देखाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर