सिरहा – पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो ।
मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर मृत्यु भएको उनका छोरा सलमानले बताए । उनले भने, ‘गरिबीका कारण न्यानो कपडा र राम्रो बस्ने घरसमेत छैन ।’ यता अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरूले एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 13