Aamsanchar

११ हजार भेल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर घाइते

Author Image
बिहिवार, पौष २५, २०८१

 

रौतहट – रौतहट स्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो लागेको छ। आगलागीबाट टिपर पूर्ण रूपमा जलेको छ भने टिपर चालक गम्भीर घाइते भएका छन्। बिहीबार बिहान ८ बजेको जिल्लाको वृन्दावन नगरपालिका ४ स्थित क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा छुन पुग्दा करेन्ट लागेर टिपरमा आगलागी भएको हो ।

टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन्।

डीएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्नमाथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)