Aamsanchar

रवि लामिछानेसहित सबै प्रतिवादी धरौटीमा रिहा, कसलाई कति धरौटी रकम तोकिएको छ ?

Author Image
बिहिवार, पौष २५, २०८१

कास्की  । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहितका सबै प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नितिज राईको इजलासले उक्त आदेश जारी गर्दै लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

यस प्रकरणमा अन्य प्रतिवादीहरूको धरौटी पनि निर्धारण गरिएको छ। छविलाल जोशीलाई ८८ लाख, लिला पछाईलाई ३६ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, मिना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।

गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतको हालको आदेशपछि सबै प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर