Aamsanchar

डकैती  लगायतका ५ वटा मुद्दामा ६१ वर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ

Author Image
शुक्रवार, पौष २६, २०८१

बुटवल – कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका–१ गुर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो ।

प्रहरीका अनुसार उनलाई डकैती  लगायतका ५ वटा मुद्दा लागेको छ । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कपिलवस्तुको गुर्चिहवाबाटैे पक्राउ गरेको हो ।

विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहीवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।

Views: 34

प्रतिक्रिया (०)