Aamsanchar

दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना

Author Image
शुक्रवार, पौष २६, २०८१

काठमाडौं – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ । बा।प्र।०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन ।

Views: 371

प्रतिक्रिया (०)