Aamsanchar

सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने

Author Image
सोमवार, पौष २९, २०८१

सुलीकोट- गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ । भर्खरै मात्र सम्पन्न भएको गाउँपालिकाको १७ औ गाउँ सभाबाट गण्डकी गाउँपालिका भित्रका सुत्केरी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने निर्णय भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमेल्सना साकारले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका सुत्केरी महिलाहरूले लुलो, लङ्गडो, र ख्याउटे बच्चबच्ची जन्मनेको सङ्ख्या बढी देखिएपछि ती बालबच्चालाई कुपोषणबाट जोगाउन पालिकाले ६ महिनासम्म ४ हजारको दरले सुत्केरी महिलाहरूलाई प्रशस्त मात्रामा पोषिलो खानेकुरा खानाको लागि रकम उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

‘अहिले गाउँपालिका भित्रका सुत्केरी महिलाहरूलाई नियमिति रूपमा स्वास्थ्य जाँचको लागि निःशुल्क स्वास्थ्य जाँच समेत गाउँपालिकाले गर्दै आएको छू, स्वास्थ्य शाखा निरीक्षक बिमल रेग्मीले भन्नुभयो, ‘पोषण सुधारका लागि बालबच्चामा सुुधार आउने विश्वास छ ।’

पालिकाभित्रका सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्थामा पुर्‍याउन निःशुल्क एम्बुलेनस तथा विपन्न महिलाहरूका लागि आवश्यक खर्च समेत पालिकाले व्यहोर्दै आएको स्वास्थ्य शाखा निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

पोषण सुधारका लागि गाउँपालिकाले सुत्केरी महिलाहरूका लागि २२ लाख रुपियाँ छुट्टाएको छ भने त्यसमध्येबाट रकम अपुग भएमा पुन पालिकाले निर्णय गरी रकम थप गरिने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर