Aamsanchar

१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाई फिरौती माग्ने पक्राउ

Author Image
मङ्गलवार, माघ १, २०८१

काठमाडौं – सर्लाही प्रहरीले किशोर अपहरणमा संलग्न भएको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीकै ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनीहरुले १५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाई फिरौती मागेको उजुरीको आधारमा प्रहरीले छापा मारेर पक्राउ गरेहेको हो।

उनीहरुको साथबाट बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीले पक्राउ गर्न लागेको जानकारी पाएपछि विक्रम पासवान र प्रवचन साह भारततर्फ भाग्दै थिए। त्यही क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट एकथान कटुवा पेस्तोल, दुई राउन्ड गोली, एकथान मोबाइल सेट, एकथान चक्कु र हतौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रामजी साह किशोरलाई बन्धक बनाएर राखिएको घरधनी भएका प्रहरीको भनाई छ। उनीहरुलाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर