Aamsanchar

आगलागीबाट पाँच महिनामा १६ जनाको मृत्यु‚ १४५ घाइते

Author Image
बुधवार, माघ २, २०८१

काठमाडौँ – पाँच महिनामा देशभर एक हजार ११६ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १६ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारी अनुसार आगलागीबाट १९० घर, १३० गोठ, एउटा सरकारी कार्यालय र ४५५ पशुचौपायाको क्षति भएको छ। आगलागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।

आगलागीबाट करिब रु. ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएको जानकारी दिए। सबैभन्दा बढी कोशी प्रदेशमा ३३१ ठाउँमा आगलागी भएको छ।

प्रहरीले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा २६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा १४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा ११४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएको प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर