![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/InShot_20250117_135202937.jpg)
कैलाली – कैलालीमा नेपाल भारत सीमामा रहेका सीमा स्तम्भ मर्मत तथा रङरोगन शुरू भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमा स्तम्भ मर्मत शुरू गरिएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
टीकापुर नगरपालिका–८ मा रहेको खक्रौलामा रहेको ७३/२ सीमा स्तम्भमा रङरोगन गरी मर्मत शुरू गरिएको छ । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भ मध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमा स्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमा स्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन् । प्रमुख जिल्ला अधिकारी हमालले नेपाल र भारतबीच खुला सिमाना भएकाले चोरी निकासीका साथै लागूऔषध दुर्व्यसनीको समस्या विकराल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले चासो दिनुपर्ने बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)ले सीमाको सुरक्षा गरिरहेको छ । जोर नम्बरका सीमा स्तम्भलाई भारतले र बिजोर नम्बरका सीमा स्तम्भ नेपालले मर्मत–सम्भार गर्नुपर्ने सम्झौतामा छ । कैलालीमा एक सय एक सीमा स्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिने बताइएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)