Aamsanchar

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजायकाे फैसला

Author Image
शुक्रवार, माघ ४, २०८१

काठमाडौं – इस्लामाबादको एक अदालतले अल–कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले खानलाई १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ । सोही मुद्दामा अदालतले इमरान खानकी श्रीमती बुशरा बीबीलाई सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ । अदालतले पाकिस्तान सरकारलाई अल–कादिर ट्रस्टलाई नियन्त्रण लिन पनि आदेश दिएको छ ।

अदालतले यो सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए ।

इमरान खान र उनकी श्रीमती बुशरा बीबीविरुद्धको मुद्दा १९ करोड पाउन्ड वा अल–कादिर ट्रस्ट मुद्दा ५६ एकडभन्दा बढी जग्गा दानसँग सम्बन्धित छ । जुन निजी आवास समाज बहरिया टाउनले अल–कादिर विश्वविद्यालयलाई दिएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबी अल–कादिर विश्वविद्यालयका ट्रस्टीहरूमध्ये पर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर