Aamsanchar

इनास यूकेद्वारा युवासँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

Author Image
शुक्रवार, माघ ४, २०८१


अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( इनास) यूकेले बिहीबार यूके स्थित नेपाली बुद्धिजीवी युवा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेको यूके अध्यक्ष सञ्जय कडेल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल उपाध्यक्ष मनिष श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य यूकेमा रहेका नेपाली समुदायको युवा विद्यार्थी सशक्तीकरण, कलासंस्कृतिको प्रबर्द्धन, र समाजमा सिर्जनात्मक योगदान पुर्‍याउने विषयमा विचार विमर्श गरिएको थियो।

युवा विद्यार्थीहरूले आफ्नो अनुभव, चुनौती, र सुझावहरू प्रस्तुत गरेका थिए। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर