Aamsanchar

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमा नै मृत्यु

Author Image
शनिवार, माघ ५, २०८१

बिराटनगर – मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आज राती लगभग १ बजेतिर घरबाहिर निस्केको बेलामा सुन्दरहरैचा-८ भृकुटीटोलका ७३ वर्षीय हरी प्रसाद घिमिरेलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीलाई घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी नायक निरीक्षकको टोली घटनास्थल पुगेको जनाइएको छ। घिमिरेलाई आक्रमण गर्ने हात्ती भने जंगलतर्फ नै फर्किएको उनीहरुले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर