झापा । पूर्व मुख्यमन्त्री नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता उद्धव थापा माथि आक्रमण गरि घाईते बनाउने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

थापा आज साँझ दोमुखामा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट मुख्य राजमार्ग कनकाई १ जामुनबारी हुँदै घर फर्कँदै गर्दा आक्रमणमा परेका थिए ।
घटना पछि घाइते भएका थापालाई उपचारको लागि विर्तासिटी अस्पताल पुर्याइएको थियो । थापाको आखाँमाथी गहिरो चोट लागेको छ । हाल उनलाई अस्पतालबाट घर लगिएको जानकारी प्राप्त भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
1
+1
1
Views: 252