

काठमाडौँ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ।

आइतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेतारकार्यकर्ताहरू रत्नपार्कमा भेला भई ब्यानरसहित प्रदर्शन गरेका हुन्।

उनीहरूले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत-चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध र्याली निकालेका हुन्।

उनीहरूले र्यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 7