Aamsanchar

आजदेखि कोशी प्रदेश सभाको छैटौं अधिवेशन

Author Image
सोमवार, माघ ७, २०८१

विराटनगर – कोशी प्रदेशसभाको हिउँदे एवं छैटौं अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद सचिवालयका अनुसार दिउँसो २ बजेबाट अधिवेशन सुरु हुने भएको हो ।

पाँचौं अधिवेशन अन्त्य भएको चार महिनापछि छैटौं अधिवेशन हुन लागेको छ । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । सत्तारुढ दल नेकपा ९एमाले० कोशी प्रदेशका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले संसदमा सरकारले पर्याप्त ‘बिजनेश’ दिने बताए ।

प्रदेशसभा सचिवालयका अनुसार हिउँदे एवं छैटौं अधिवेशनको पहिलो बैठकका लागि ५ वटा कार्यसूची तय गरिएको छ । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस गर्ने र सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ । त्यस्तै, मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले आआफ्नो मन्तव्य राख्ने कार्यसूची छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर