Aamsanchar

ट्रम्पद्वारा १५०० जनालाई माफी दिने आदेश जारी

Author Image
मङ्गलवार, माघ ८, २०८१

वासिङटन डिसी – अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० जनालाई माफी दिने आदेश जारी गरेका छन्।

गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए।

क्यापिटल हिल दंगाको आरोपमा जेलमा रहेका ट्रम्प समर्थकहरूलाई वकिलले स्थानीय समय अनुसार सोमबार रातिसम्म रिहा गरिने जनाएका छन्।

ट्रम्प समर्थकहरूको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर मानिसहरूको रिहाइको लागि पर्खिरहेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर