Aamsanchar

बंगलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की

Author Image
बुधवार, माघ ९, २०८१

ढाका- इटालीको रोमबाट ढाकाका निम्ति उडेको बंगलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।

विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए । विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो । एएनआई

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर