Aamsanchar

हर्क साम्पाङले अख्तियारलाई यस्तो जवाफ पठाए

Author Image
शुक्रवार, माघ ११, २०८१

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियारले आफूलाई सोधेको चिठीप्रति हासो ठट्टाको शैलीमा जवाफ दिएका छन्। उनले अख्तियारलाई लेखेको पत्रमा बोलीचालीका अनौपचारिक प्रकारका शब्दशैली तथा भाषाको प्रयोग गरिएको छ।

मेयर हर्कले श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। त्यसै उजुरीको आधारमा अख्तियारले उनलाई माघ २ गते सोधपुछको पत्र पठाएको थियो।

मेयर हर्कले प्रतिउत्तरमा पठाइएको पत्रमा लेखिएको छ, ‘बिहान उठ्नेबित्तिकै ट्वाइलेट जानुपर्छ। ट्वाइलेटमा पानी छैन भने के हुन्छरु त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउन परो। भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुठ्नु परो। त्यसका लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन। धुनै परो। त्यसका लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा भएन धुनै परो। लुगा धुन नि पानी नभई नहुने। स्वास्थ रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्लुएचओले। नुहाउनलाई नि पानी चाहियो। यसो करेसाबारी र बगैंचातिर नि पानी चाहिने नै भो। फेरि सुँगुर चौपायालाई पिन पानी नखुवाई नहुने। त्यसो भएको खुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नैपरो मैले, इन फ्याक्ट हाम्ले।’

पत्रमा प्रष्टसाथ भनिएको छ, ‘त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै‘ घुमाउँदै घुमाउँदै ‘ घुमाउँदै घुमाउँदै ‘।। घुमाउँदै घुमाउँदै लड्दै र पड्दै‘ तान्यो ‘ तान्यो‘ एक्छिन है ‘ बिस्तारै सुल्काउँ है ‘ भन्दै‘ ओहोइ ‘बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं।’

मेयर हर्कले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय रहेको र यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन्। पानीका लागि आफूहरूले जस्तोसुकै श्रमदान गरेको तथा अझै गर्न सक्ने पनि उनले पत्रमा लेखेका छन्। त्यस्तै, उनले आफू खानेपानीको समस्या लिएर केन्द्र सरकारसँग पानी माग्‍न रित्तो गाग्रीसमेत बोकेर सिंहदरबार पुगेको पनि उल्लेख गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर