Aamsanchar

नेपाली चलचित्र प्रवर्द्धनसम्बन्धी इनास युकेद्वारा विशेष कार्यक्रम सम्पन्न

Author Image
आइतवार, माघ १३, २०८१

साउथईष्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार इनास युकेद्वारा आयोजित नेपाली चलचित्र प्रवर्द्धनसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्रका ख्यातिप्राप्त निर्माता तथा निर्देशक आकाश अधिकारी प्रमुख वक्ताको रूपमा उपस्थित थिए।

कार्यक्रमका प्रमुख अतिथि रोयल बरो ग्रीनवीचका मेयर जित रानाभाटले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूको महत्व औंल्याउँदै भने, “नेपाली चलचित्र बिदेशमा प्रवर्द्धन गर्नु हाम्रो कला र संस्कृतिलाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम हो। यस्ता कार्यक्रमहरूले हाम्रो सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न मद्दत गर्दछ।”

इनास युके चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित यस कार्यक्रममा आकाश अधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफ्नो योगदानका साथै आगामी सम्भावनाहरूको चर्चा गरे।

कार्यक्रमको सञ्चालन इनास ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठले गरेका थिए भने समापनमा इनास युकेका प्रवक्ता विज्ञान कार्कीले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा इनास ग्लोबल प्रतिनिधि सुशिल प्रजापति, इनास ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठ, सदस्य गेहेन्द्र शाक्य, पूर्व अध्यक्ष विनोद चिपालु, पूर्व ग्लोबल प्रतिनिधि गुणदेव घिमिरे, निर्मात्री अनु श्रेष्ठ, इनास युकेका सदस्य, पत्रकार तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

यो कार्यक्रमले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन नयाँ सम्भावना र अवसरको ढोका खोल्ने विश्वास गरिएको छ।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर