Aamsanchar

शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

Author Image
सोमवार, माघ १४, २०८१

झापा । जिल्ला समन्वय समिति झापाको सभा भवनमा आज सुर्तिजन्य, मदिराजन्य, र नशाजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गर्न शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। चेतना नेपालको आयोजनामा भएको यो कार्यक्रम मार्फत भद्रपुर, मेचीनगर, बिर्तामोड, र हल्दिवारी गाउँपालिकाका सामुदायिक तथा निजी ६० विद्यालयलाई शैक्षिक सामग्री वितरण गरियो।

कार्यक्रमको अध्यक्षता चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीले गरेका थिए। प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले शैक्षिक सामग्रीलाई आगोको झिल्कोसँग तुलना गर्दै यसको सही प्रयोगले लागू औषध दुर्व्यसन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, र मेचि बहुमुखी क्याम्पसका सहप्राध्यापक तारा विविधलगायतको विशिष्ट उपस्थिति रहेको थियो।

लागू औषध दुर्व्यसनविरुद्ध चेतना नेपालका सदस्य तथा दौतरी शिक्षा अभियानकर्ता दर्शन भट्टराईले प्रशिक्षण दिएका थिए। कार्यक्रममा अध्यक्ष इन्द्र प्रसाद ओलीले दुर्व्यसनको रोकथाममा शैक्षिक सामग्रीको भूमिकाबारे प्रकाश पारे। प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष भक्तबहादुर कार्कीले संस्थागत सहकार्यको प्रतिबद्धता जनाउँदै अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

स्वास्थ्य कार्यालय झापा, आन्तरिक राजस्व कार्यालय झापा, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काकरभिट्टा, र विभिन्न निजी संस्थाहरूको सहयोगमा सामग्री उपलब्ध गराइएको थियो। प्रमुख अतिथि विश्वनाथ बरालले सहयोगदातालाई प्रशंसा पत्रद्वारा सम्मान गरे। साथै, अभियानकर्ता दर्शन भट्टराई, कल्पना भट्टराई, र अशिम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले स्थानीय सरकारको निरन्तर सहयोग रहने बताउँदै दुर्व्यसन रोक्न विद्यालय तहबाट नै सचेतना फैलाउनुपर्नेमा जोड दिए।

कार्यक्रमको स्वागत मन्तव्य चेतना नेपालकी सदस्य तथा प्रशिक्षक कल्पना भट्टराईले गरेकी थिइन् भने सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।

नशा विरुद्धको यो अभियानलाई जिल्ला स्तरमा विस्तार गर्ने र विद्यालय तहबाटै चेतना फैलाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)