



काठमाडौं – देशभरको मौसम मंगलबार मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।


दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ।


काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ
सोमबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६।१ डिग्री सेल्सियस थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 84