काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरेपछि प्रहरीले हतकडीमा राखेको तस्बिर सार्वजनिक भई आलोचना भएको छ। नेपाल प्रहरी हतकडी प्रयोगमा दोहोरो मापदण्ड अपनाउने गरेको भन्दै प्रश्न उठेको छ।


गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई पक्राउ गर्दा हतकडी लगाइयो भने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, रवि लामिछाने र बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर महरालगायतलाई हतकडी लगाइएन।

प्रहरी ऐन र कारागार ऐनमा केही प्रावधान भए पनि अनुसन्धानका क्रममा हतकडी प्रयोग गर्ने वा नगर्ने विषय स्वविवेकमा निर्भर हुने भएकाले प्रहरीमाथि पद र प्रभावअनुसार फरक व्यवहार गर्ने गरेको आरोप छ। पूर्वप्रहरी अधिकारीहरूले स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको बताउँदै आएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 64