Aamsanchar

२८ वर्षीया युवतीलाई हत्या गरी फरार रहेकी शिवकुमारी १६ बर्षपछि पक्राउ

Author Image
सोमवार, माघ २१, २०८१

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको माडी नगरपालिका-१ घर भई मोरङ विराटनगर महानगरपालिका-३ हलेसी टोल बस्ने ४१ वर्षीया सरस्वती भन्ने शिवकुमारी सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर साबिक नंखेल गाविस-१ काक्राबारीस्थित सडकमा २८ वर्षीया शान्ता घिमिरेलाई २०६५ भदौ २६ गते दिउँसो दाउ प्रहार गरी हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर