Aamsanchar

मानव बेचबिखन कसुरमा कांग्रेस नेता खनाल पक्राउ

Author Image
बुधवार, माघ २३, २०८१

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् । खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले बताए । ‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ जिसीले भने ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर