




मेक्सिको सिटी – मेक्सिकोले अमेरिकासँगको आफ्नो सीमामा १० हजार सेना खटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने धम्की दिएपछि उत्तरी सीमामा त्यहाँको सरकारले राष्ट्रिय सुरक्षाकर्मी र सेना पचिालन गरेको हो ।

यसैक्रममा बुधबार सीमामा १० हजार सेना पठाइएको छ । यिनीहरूलाई टेक्सासको सिउड्याड जुआरेज र अल पासोसँग जोडिएको सीमामा खटाइएको छ । यिनीहरूले अमेरिका छिर्न सीमामा प्रयोग भइरहेका भ¥याङ, डोरीहरू खोजी खोजी थेतेर ट्रकमा हालिरहेका छन् ।


तिजुआना नजिक सीमाका केही हिस्सामा पनि सेनाको गस्ती देखिएको थियो । सीमाबाट अवैध आप्रवासी प्रवेशलाई लिएर ट्रम्पले मेक्सिकोबाट आउने सामानमा कहिले अतिरिक्त महसुल लगाउने त कहिले एक महिनाको लागि महसुल स्थगन गर्ने जस्ता नाटकीय घटनाक्रमबीच मेक्सिकोले यो कदम चालेको हो ।


ट्रम्पले एक महीनाका लागि अतिरिक्त महसुल स्थगित गरेको बदलामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले सीमामा अमेरिकातफ अवैध आप्रवासी र फेन्टालिनको तस्करी रोक्न सीमामा सेना पचिालन गर्ने वाचा गरेकी थिइन् । ट्रम्पले सीमामा आपतकाल लगाएका छन् ।