Aamsanchar

खानेपानीमन्त्रीकाे कार्यकक्षमा आगलागी, कागजात जल्न नपाएको मन्त्री यादवकाे भनाइ

Author Image
शनिवार, माघ २६, २०८१

काठमाडौं – शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्।

बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ। आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए।

शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए। पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको बताए। प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने बताए।

दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको बताए। अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको बताए।

खानेपानी मन्त्रालयमा पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताए। उनका अनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए।

शुक्रबारदेखि नै विद्युत सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हनुसक्ने बताए। ठूलो क्षति हुनबाट जोगिएको बताए।

मन्त्रालयको पूरा भवनमै विद्युत वायरिङको जाँच हुने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर