Aamsanchar

अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु

Author Image
शनिवार, माघ २६, २०८१

टर्कीयेको राजधानी अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु भएको छ। २० जना अझै सघन उपचार कक्षमा रहेको स्थानीय एनटिभीले शुक्रबार जनाएको छ।

१३ जनालाई पक्राउ गरिएको छ। अंकारा प्रान्तीय गभर्नरको कार्यालयले यसअघि मंगलवार नक्कली मदिरा सेवनको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो। अन्य शहरहरूमा पनि यस्तै घटनाहरू रिपोर्ट गरिएका छन्।

इस्तानबुलमा, जनवरीमा नक्कली–मदिरा विषाक्तताका कारण कम्तिमा ९० जनालाई अस्पताल भर्ना गरिएको थियो। जसमा ३८ जनाको मृत्यु भएको थियो। धेरैजसो मृत्यु मिथानोल विषाक्तताको कारणले हुन्छ। जुन अवैध मदिरा उत्पादनहरूको उत्पादनमा विषाक्त मिथानोल प्रयोग गर्दा हुन्छ। टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्ने प्रयासहरू तीव्र पारेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर