Aamsanchar

हात्तीबाट झापाका नागरिकको धनजन जोगाउन सांसद प्रसाईंको माग

Author Image
सोमवार, माघ २८, २०८१

 


झापा- नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले हात्ती आतंकबाट नागरिकलाई सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराएकी छन् । संघीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले झापाका जनता  जिउधन रक्षाका लागि याचना गरिरहेको बताइन् ।

“झापा जिल्लाका वडावडामा यतिबेला हात्ती आतंक छ । बुद्धशान्ति नगरपालिकामा त घरघरमा आक्रमण गरेर घरभित्र राखेका धानको बोरा फालिदिएको छ,” प्रसाईंले भनिन्, “जनता हात्तीबाट असुरक्षित हुँदा मर्निङवाकमा समेत निस्किन सकेका छैनन् । जनताले राखेको ढुकुटीको धनसमेत सुरक्षित भएन ।”

उनले शान्ति सुरक्षा दिने दायित्वबाट नपन्छिन सरकारको ध्यानकर्षण गराइन् । “जनताको धनजनको संरक्षणका लागि शान्ति सुरक्षाको माग गर्दछु,” प्रसाईंले भनिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर