



१, एसिडिटी र ग्यास्ट्रिकका समस्या भएका बिरामी

दही अमिलो भएकाले एसिडिटी, ग्यास्ट्रिक, पेट फुल्ने, वा पेट पोल्ने समस्या भएका व्यक्तिले दही खाँदा समस्या झन् बढ्न सक्छ। यस्तो अवस्थामा विशेष गरी राति दही खानु उपयुक्त हुँदैन।


२, ज्वरो आएका बिरामी
ज्वरो आएको बेला पाचन प्रणाली कमजोर हुन्छ। दही चिसो भएकाले यसले अपच, झाडापखाला वा पेट दुखाइ बढाउन सक्छ। त्यस्तै, टाइफाइड, भाइरल ज्वरो, वा फ्लुको बेला दही खानु जोखिमपूर्ण हुन सक्छ।


३, साइनस र दमका बिरामी
दहीले र्यालासहितको कफ बढाउने गुण हुन्छ। दम, साइनस, खोकी, रुघाखोकी, वा एलर्जी भएका व्यक्तिले दही खाँदा समस्या झन् बढ्न सक्छ।
४, आर्थराइटिस (गाँठो दुखाइ) भएका बिरामी
विशेष गरी जोर्नी दुखाइ (गाउठे समस्या), अर्थराइटिस, वा युरिक एसिड बढी भएका बिरामीले दहीको अत्यधिक सेवन गर्दा दुखाइ बढ्ने सम्भावना हुन्छ।
५, लैक्टोज इन्टोलरेन्स (Lactose Intolerance) भएका बिरामी
केही व्यक्तिहरूको शरीरमा दूध र दूधजन्य पदार्थ पचाउन सक्ने एन्जाइम हुँदैन। त्यस्ता व्यक्तिले दही खाँदा पेट फुल्ने, पखाला लाग्ने, वा पेट दुख्ने समस्या देखिन सक्छ।
६, त्वचा सम्बन्धी एलर्जी (Skin Allergy) भएका बिरामी
कतिपय व्यक्तिहरूलाई दहीले छालामा एलर्जी वा चिलाउने समस्या दिन सक्छ। यस्ता व्यक्तिहरूले चिकित्सकको सल्लाहमा मात्र दही खानुपर्छ।
यदि तपाईँलाई माथि उल्लेखित कुनै पनि समस्या छ भने, चिकित्सक वा पोषणविद्को सल्लाह लिएर मात्र दही सेवन गर्नु राम्रो हुन्छ। अन्यथा, सामान्य स्वस्थ व्यक्तिका लागि ताजा, घरमै जमाएको दही स्वास्थ्यका लागि लाभदायक हुन्छ।