Aamsanchar

राप्रपा प्रमुख सचेतक शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति सांसद मिश्रकाे आपत्ति

Author Image
आइतवार, फागुन ४, २०८१

काठमाडौँ – राष्ट्रियसभामा नेपाली काँग्रेस सांसद नारायणदत्त मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएका छन्।

आइतवारको सभाको बैठकमा बोल्दै प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रियसभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखेको बताएका हुन्। उनले वृद्धहरू राष्ट्रियसभामा भन्दा प्रतिनिधिसभामा धेरै भएको बताए। उनले बाँचेको खण्डमा तपाईं पनि वृद्ध हुनुहुन्छ भन्दै मुखबाट बोल्न आग्रह गरे।

मिश्रले भने‚ ‘म खेद प्रकट गर्छु। प्रतिनिधिसभामा भन्न नसकेर एकजना सांसदले फेसबुकमा नै ओकलेछन्। राष्ट्रियसभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र रु वृद्धाश्रममा जानुपर्ने बाजेहरू राष्ट्रियसभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढीकनै पास गरेका छन् भनी तथानाम सरापेका छन्। राष्ट्रियसभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखिएको स्पष्ट हुन्छ। किनभने वृद्धहरू राष्ट्रियसभामा भन्दा प्रतिनिधिसभामा ज्यादा छन्।’

उनले वृद्ध हुनुमा आफूलाई गर्व रहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)