



काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ।

आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा ९एमाले० का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरिएको हो। प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा उक्त पुस्तक लोकार्पण गरिएको हो।


पाणिनि बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रीहरू एवं उच्चपदस्थ व्यक्तित्वहरूको सहभागी थियए। लेखिका शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताए। पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा ९एमाले०का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका यात्राबारे उल्लेख छ।


‘न म साहित्यकार, न लेखिका हुँ। त्यही पनि मनमा लागेका आफ्ना विचार कहिलेकाहीँ लेख्ने गर्थे। त्यही संग्रहलाई आज पुस्तकका रूपमा ल्याएकी छु’, शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थेँ। मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यही करुणाले गरेँ।’
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो। त्यसवसरमा पाणिनि बुक्स प्रालिद्वारा अभिनन्दनपत्र समेत हस्तान्तरण गरिएको थियो।